Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


  • आइतबार, चैत्र ६ २०७८

  • बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी  पक्राउ

    काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा-2 घर भई गोर्णेश्वर बस्‍ने ३६ वर्षीय नवराज धिमाल रहेका छन् ।

    धिमाललाई काठमाडौंको गोकर्णेश्वरबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।उच्च अदालत पाटनले २०७८ असोज १८ गते धिमाललाई ५ दिन र २० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । धिमालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

    पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सीआईबीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij