Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच सम्झौता


  • सोमबार, फाल्गुन ३० २०७८

  • इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच  सम्झौता

    काठमाडौ -संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स संगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई भित्राउँदै आएको देशभरी आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको रेमिट्यान्स कम्पनी इसेव मनी ट्रान्सफर र नेपालको वित्तिय बजारमा चिर–परिचित नाम प्रभु म्यानेजमेन्ट प्रा.लीवीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
    यस सम्झौता संगै, संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र ईसेवा वालेटका ५ हजार बढी एजेन्ट संगै अब प्रभु म्यानेजमेन्ट संग आवद्ध नेपालभरी रहेका ७ हजार बढी सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

    यसका साथै, प्रभु म्यानेजमेन्टसंग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिनेछ । सम्झौता बारे आफ्नो मन्तव्य व्यक्त गर्दै ईसेवा मनी ट्रान्सफरका सि.इ.ओ अजेस कोइरालाले भने, “प्रभु म्यानेजमेन्ट संग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं। प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं र यसले ईसेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij