काठमाडौं – सरकारले रात्रीकालिन व्यवसायलाई २४ सै घण्टा संचालन गर्न पाउने निर्णय गरेको छ । गृह मन्त्रालयले गठन गरेको समितिले तयार पारेको मापदण्ड अनुसार होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाउने भएका छन्।
पर्यटन प्रर्वधन र आर्थिक गतिविधि चलायमान बनाउँन सरकारले यस्तो निर्णय गरेको छ । रात्री कालिन व्यवसाय मर्यादित र सुरक्षित हुनु पर्ने कुरामा जोड दिइएको छ । व्यवसायमा संलग्न कर्मचारीको सेवा सुविधा र सुरक्षामा समेत मापदण्डमा उल्लेख गरिएको छ । विशेषगरी काठमाडौंको ठमेल र दरवारमार्ग क्षेत्रमा रात्रीकालिन व्यवसाय चल्ने गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
