Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

बन्दीपुरमा जिप दुर्घटना : ६ जनाको मृत्यु, ८ घाइते


  • शनिबार, माघ १ २०७८

  • बन्दीपुरमा जिप दुर्घटना : ६ जनाको मृत्यु, ८ घाइते

    तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका -६ मा जिप दुर्घटना हुँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

    आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडा नम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो । ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् । घाइतेहरुलाई चितवन रिफर गरिएको प्रहरिले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij