Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदिबलाई २० वर्षको कारावास सजाय


  • मंगलबार, असोज २० २०७७

  • माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदिबलाई २० वर्षको कारावास सजाय

    माल्दिभ्स- माल्दिभ्सको एक अदालतले त्यहाँका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई २० वर्षको कारावास सजाय सुनाएको छ। होटल विकासका लागि टापु भाडामा दिदां भ्रष्टाचार गरेको अभियोगमा अदालतले २० वर्षको कारावास सजाय सुनाएको हो।

    यसैगरी अदालतले ३८ वर्षीय अदिबलाई १ लाख २९ हजार ८ सय ९२ डलरको जरिमानाको पनि फैसला गरेको छ। मालदिभ्सको फौजदारी अदालतका न्यायाधीश हसन सईदले आफ्नो आदेशमा अदिबले सरकारी अधिकारको दुरूपयोग तथा आर्थिक अपचलन गरेको बताएका छन्।

    अदिबले सरकारी अख्तियारीको दुरूपयोग गर्दै ती टापुहरू बजारमूल्य भन्दा कम मूल्यमा बेचेको बताइएको छ। यसबाट सरकारलाई झण्डै २ सय ५९ मिलियन अमेरिकी डलरको नोक्सान भएको छ।
    अदिबलाई गत वर्ष भारतमा शरण लिने जान लाग्दै गर्दा पक्राउ गरिएको थियो। अदिब ३३ वर्षको उमेरमा सन् २०१३ मा त्यहाँको सबैभन्दा कान्छो उपराष्ट्रपति बनेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij