काठमाडौं – सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा मंगलबार राती बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो ।
उक्त सहमतिअनुसार मेडिकल कजेजले बुधबारबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ ।
मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्याएपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्रालयको सो निर्णयपछि निजी मेडिकल सञ्चालकहरु चर्को दबाबमा परेका थिए ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
