काठमाडौं– काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित आकाशेपुल मुनीबाट ललितपुर, महालक्ष्मी नगरपालिका-१४ बस्ने कमल महर्जनलाई चोरी भएको बा।६ च ४४२५ नम्बरको डिआई गाडी सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त गाडी ललितपुर ग्वार्कोबाट चोरी भएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माछापोखरीबाट बिजि मलतर्फ सोही गाडीमा आउँदै गरेका चालक कमललाई गाडी सहित फेला पारी पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
