Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अल्टिच्यूड एयरले ल्यायो नयाँ हेलिकोप्टर


  • आइतबार, चैत्र २४ २०७५

  • अल्टिच्यूड एयरले ल्यायो नयाँ हेलिकोप्टर

    काठमाडौं– पर्यटन व्यवसायमा संलग्न व्यवसायीले स्थापना गरेको अल्टिच्यूड एयरले नयाँ हेलिकोप्टर नेपालमा भित्र्याएको हो।
    एयर बस कम्पनीले सबैभन्दा पछिल्लो प्रविधिद्धरा निर्मित एयर बस एच–१२५ बी ३ ई नामको ६ सिटे हेलिकप्टर मलेसिया, थाईल्याण्ड, म्यानमार, बंगलादेशहुँदै बुधबार काठमाडौं आईपुगेको हो।
    कम्पनीले यसअघिनै दुई हेलिक्पटर ल्याईसकेको बजार प्रमुख सिताराम सापकोटाले जानकारी गराए।
    केही दिन भित्रै नेपाली आकासमा काठमाडौं भित्रिएको नयाँ हेलिकप्टरले नियमीत उडान भर्ने कम्पनिले जनाएको छ । यो हेलीले २२ हजार फिटसम्म सहजै उडान भर्न सक्छ। हाई अल्टिच्यूड उद्धार, पर्यटकीयस्थल अवलोकन, माउन्टेन फ्लाइट, विकास र पूर्वाधारका लागि समेत उपयोगी हुने कम्पनिको दावी छ ।
    ६ यात्रु र एक जना पाइलट बस्न मिल्ने सिट भएको यो हेलिकप्टरको लागत मुल्य ३५ करोड रुपैयाँ रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij