काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धर पुनः निर्वाचित भएका छन् ।
कर्पोरेशनको ५२ औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पनि निर्विरोध निर्वाचित गरेको छ ।
यसरी निर्वाचित हुने सञ्चालकहरुमा लक्ष्मीदास मानन्धर, कीर्ति कुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन छन् ।
सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
