काठमाडौं– अग्नि ग्रुपले महिन्द्रा गाडीहरुका लागि ओखलढुङ्गामा आधिकारिक नयाँ शोरुमको स्थापना गरेको छ।
उक्त शोरुमको कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई तथा सभासद अम्बिरबाबु गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
रुम्जाटार अटोमोबाइल्समा ‘जेन्यून पार्ट’ पाइनुका साथै, विक्री एवं विक्री पछिको सेवा प्रदान गरिने शोरुमका प्रबन्ध निर्देशक राज घलेले जानकारी दिए।
शोरुमबाटसम्पूर्ण रेन्जका फोर ह्वील सवारी, सर्भिसिङ्ग तथा स्पेयर पार्ट उपलब्ध हुने छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
