Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

काठमाडौंको टोखा नपा १० बाट पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ


  • बिहिबार, माघ ३ २०७५

  • काठमाडौंको टोखा नपा १० बाट पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ

    काठमाडौं– महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ ।
    टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन्।
    वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
    वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij