Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा


  • मंगलबार, चैत्र १३ २०८०

  • फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

    सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    इच्छुक लगानीकर्ताले आगामी चैत १५ गतेभित्र नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij