Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्सेमा सामान्य सुधार


  • सोमबार, चैत्र ५ २०८०

  • नेप्सेमा सामान्य सुधार

    काठमाडौं – आज साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव २७ अंकले बढेर २,०७३ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ ।
    आज दिनभरिमा ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज लगानीकर्ता गोर्खास फाइनान्स र शिवम सिमेन्टको शेयरमा झुम्मिएका छन् । गोर्खासको २३ करोड १४ लाख रुपैयाँ र शिवमको २० करोड ३० लाख रुपैयाँको कारोबार भएको हो ।

    त्यस्तै,आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार गोर्खास फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौरागिरी लघुवित्त र पिपुल्स हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

    यता, मानुषि लघुवित्तको शेयरमा सर्वाधिक ओरालो लागेको छ । आज कम्पनीको शेयर ५.१५ प्रतिशतले घटेको हो । साथै, एनएमबि बैंकको २.७२ प्रतिशत, सिंगटी हाइड्रोको २.४४ प्रतिशतले शेयर ओरालो लागेको छ ।

    सोमबार ९ उपसूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको १.३० प्रतिशत, फाइनान्स समूहको १.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९१ प्रतिशत, हाइड्रोपावर समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij