काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (फागुन २४ गते) बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । बैठक अपरान्ह १ः१५ बजे बोलाइएको छ । राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
