Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से १२.३८ अंकले घट्यो


  • बिहिबार, चैत्र ७ २०८१

  • नेप्से १२.३८ अंकले घट्यो

    काठमाडौं – साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अबए ५६ करोड रुपैयाँको कारोबार भएको हो ।

    आज कारोबार भएकामध्ये ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घटेको छ । बाकी ७ को कम्पनीको स्थिर रहेको छ । आज जीवन बीमा सेक्टर ०.०३ प्रतिशत बढेको छ ।

    फाइनान्स सेक्टर सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेको छ भने बैंकिङ ०.३७, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.६४, लगानी ०.१०, माइक्रोफाइनान्स ०.५५ र निर्जीवन बीमा ०.९६ प्रतिशतले घटेको छ।

     आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij