काठमाडौं – सुनको मूल्यले नेपाली बजारमा पुनः नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन २२ गते) छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि पुस १२ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।
विश्व राजनितिको उतावचढावले अन्तराष्ट्रिय बजारमा प्रभाव पारेकोले नेपालमा सुनको भाउ वृद्धि भइरहेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
