Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्ता गठवन्धन परिवर्तन मात्र होइन, पार्टी एकताकै रोडम्याप !


  • सोमबार, फाल्गुन २१ २०८०

  • सत्ता गठवन्धन परिवर्तन मात्र होइन, पार्टी एकताकै रोडम्याप !

    काठमाडौं – सत्ता गठवन्धनमा गम्भिर संकट आए पछि मुलुकको राजनिति एकाएक तरल बन्न पुगेको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र मन्त्रीपरिषद पुर्नगठनमा कुरा नमिले पछि सुरु भएको खटपट नेपाली कांग्रेस महासमिति बैठकले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेपछि माओवादी थप सशंकित बनेको थियो ।

    संक्रमणकालीन न्याय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा एमाले एकाएक सकारात्मक देखिए पछि सत्ता गठबन्धन फेरबदल हुन लागेका आशंका कांग्रेसलाई भएको थियो । आइतवार राति टिआसी विध्येयक कै बहानामा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रबि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव आ- आफ्ना दलका अन्य नेता सहित प्रधानमन्त्री निवास वालुवाटार भेला भए । उक्त बैठक भावि सत्ता समिकरणमा केन्द्रित थियो भन्ने प्रष्ट थियो ।

    यो फेरबदलको संकेत एकाएक देखिएको जस्तो भए पनि केहि समय देखि भित्र भित्रै प्रयास भइरहेका थिए । सत्ता गठवन्धन परिवर्तन मात्र नभई पुनः एमाले र माओवादी विच एकता गर्ने गरी नै प्रयास भइरहेको छ । स्रोतहरुका अनुसार दाहाल पाँच वर्ष प्रधानमन्त्री, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एकिकृत पार्टीका अध्यक्ष र ०४८ पछिको प्रधानमन्त्रीको उम्मेदवारका रूपमा ओलीलाई अघि सार्ने गरी सहमति प्रयास भइरहेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij