काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रिक्त रहेको उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले सिफारिस गरेका ३ जनामध्येबाट प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन् ।
उपकुलपति सिफारिस समितिले सिफारिस गरेका ३ जनामध्येबाट प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन् । उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
