Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित


  • मंगलबार, फाल्गुन ८ २०८०

  • युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

    काठमाडौं – युनाइटेड अजोड इन्सुरेन्सको १०.२६ प्रतिशत लाभांश साधारण सभाबाट पारित भएको छ । कम्पनीको आइतबार बसेको ३०औँ वार्षिक साधारणसभाले १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश स्वीकृत गरिएको हो ।
    त्यस्तै साधारणसभाबाट सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड र युनाइटेड अजोड इन्सुरेन्सको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।

    साधारण सभाबाट सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्सुरेन्सर युनाइटेड अजोड इन्सुरेन्सको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।
    साथै, चालु आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक जेबि राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको पनि कम्पनीले बताएको छ । युनाइटेड इन्सुरेन्स र अजोड इन्सुरेन्स आपसमा गाभिए (मर्जर)पछि पहिलो पटक गरिएको कम्पनीको साधारणसभाले लाभांश वितरणका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पनि गरेको छ ।
    कम्पनीको नियमावलीमा सञ्चालकको संख्या र कार्यकाल तथा नियुक्ति सम्बन्धमा आवश्यक संशोधन गर्न साधारणसभाबाट स्वीकृति दिइएको छ । साधारण सभासँगै भएको सञ्चालक समिति सदस्यहरुको निर्वाचनमा संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणवकुमार दास र बलराम खनाल निर्विरोध निर्वाचित भएका छन् ।
    त्यस्तै, सर्वसाधारण सेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएका छन् । दुवै कम्पनी गाभिएपछि गत जेठ १४ गतेदेखि युनाइटेड अजोड कम्पनीका नामबाट एकीकृत सुरु भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij