काठमाडौं – मंगलबार सुनचाँदीको मुल्य स्थिर छ । सोमबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज स्थिर भई प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
