Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आइएमई क्यापिटलमा दुई हजारमा आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने


  • बिहिबार, फाल्गुन ३ २०८०

  • ग्लोबल आइएमई क्यापिटलमा दुई हजारमा आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने

    काठमाडौं- ग्लोबल आइएमई क्यापिटलले हितग्राही खाता र मेरो सेयरको आजिवन नविकरण गर्ने नयाँ योजनाको शुभारम्भ गरेको छ। जस अनुसार ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकको नेपालभरको शाखा कार्यालयहरुबाट यो योजना सञ्चालन हुने र हितग्राही खाता खोलिसकेका एवं अब उप्रान्त नयाँ खाता खोल्ने हितग्राहीहरुको लागि डिम्याट र मेरो सेयर खाता खोल्दा एकमुष्ठ २ हजार जम्मा गरी बाँचुञ्जेल आजिवन नविकरण गरिरहनुपर्ने झन्झटबाट मुक्त बनेर यस योजनाबाट लाभान्वित हुन सकिनेछ क्यापिटलले जनाएको छ।

    हाल हितग्राही खाता खोल्ने र मेरो शेयर सेवा लिने ग्राहकहरुले प्रत्येक वर्ष क्रमशः १०० रुपैयाँ र ५० रुपैयाँ भुक्तानी गरी नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ। यदि ग्राहकले प्रत्येक वर्ष नविकरण नगरेको अवस्थामा हितग्राही खाता फ्रिज भई दोस्रो बजारमा कारोबार गर्न नसकिने गरी क्यापिटलले यस्तो सुविधा ल्याएको हो ।

    यस योजनामा एकपटक २ हजार रुपैयाँ जम्मा गरी योजनामा आबद्घ हुन सकिनेछ । साथै, ३ वर्षभित्र हितग्राही खाता बन्द गर्नुपरेमा २०० रुपैयाँ कट्टा गरी एक हजार ८०० रुपैयाँ फिर्ता, ३ वर्ष वर्षपछि हितग्राही खाता बन्द गरेमा सम्पूर्ण रकम २ हजार फिर्ता गरिने र योजनामा आबद्घ हितग्राहीले पिएमएस सेवा लिन चाहेमा ५० प्रतिशत शुल्क छुट पाइने जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij