Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एक हजार दरका १८,२५१ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


  • सोमबार, माघ २९ २०८०

  • एक हजार दरका १८,२५१ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

    सुनसरी, ईनरूवा नगरपालिका-४ बाट एक हजार दरका १८ हजार २५१ थान नक्कली नोट गरी जम्मा १ करोड ८२ लाख ५१ हजार नक्कली रूपैयाँसहित भारत बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भन्ने मोहमद सैयाद साफीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बिआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको नक्कली नोट फेला पारी गाडीका चालक साफीलाई गाडीसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij