Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महालक्ष्मी विकास बैंकको सिईओमा दिपेश लम्साल नियुक्त


  • बुधबार, माघ २४ २०८०

  • महालक्ष्मी विकास बैंकको सिईओमा दिपेश लम्साल नियुक्त

    काठमाडौं – महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

    उनलाई माघ २४ गतेबाट लागु हुनेगरी चार वर्षका लागि सिइओ पदमा नियुक्त गरेको हो । बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए ।
    विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij