Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ


  • आइतबार, माघ ७ २०८०

  • विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेका छन्। आज बिहान १० बजे कतार एअर क्यूआर–६५२ मार्फत् दोहा हुँदै काठमाडौं आएका उनी ४ सय ९९ ग्राम सुनसहित पक्राउ परेका हुन्।

    विमानस्थल भन्सार क्षेत्रमा सशस्त्र प्रहरी बल विमानस्थल भन्सार सुरक्षा बेसबाट इन्सपेक्टरको कमाण्डमा खटिएको ७ जना र भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट चाँदीको लेपन लगाई ल्याएको सुन जस्तो देखिने पहेँलो तरल पदार्थ ४ सय ९९ ग्राम बरामद गरेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij