Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका फरार व्यक्ति मकाउबाट पक्राउ


  • आइतबार, पुष २२ २०८०

  • इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका फरार व्यक्ति मकाउबाट पक्राउ

    काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भई फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका-१ घर भएका सफल राज कुँवर पक्राउ परेका छन् । उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ ।

    कुँवर लगायत अन्य व्यक्तिहरूले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी मकाउमा राम्रो काम हुन्छ भनी ठगी गरेको अपराध मुद्दाका फरार प्रतिवादी कुँवर मकाउमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०१८ सेप्टेम्बर ११ मा उनी विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij