काठमाडौं – भारतिय विदेश मन्त्री एस.जयशंकर दुई दिने नेपाल भ्रमणका लागी काठमाडौं आइपुगेका छन । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।
दिउँसो परराष्ट्र स्तरिय बैठकमा सहभागी हुने कार्यक्रम छ । दश वर्षमा नेपालसंग भारतले दश हजार मेघावाट विद्युत खरिद गर्ने विषयमा सम्झौता हुने छ । नेपालको हवाई रुटका विषयमा समेत छलफल हुने सम्भावना रहेको बताइन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
