एजेन्सी – जापान एयरलाइन्सको विमान मंगलबार साँझ टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गरेपछि आगलागी भएको छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुले यात्रुहरू फ्ल्याटेबल स्लाइडहरू प्रयोग गरेर विमानबाट भाग्दै र टार्माक पारी भागिरहेका देखाइएको छ।
जापान एयरलाइन्सले विमानमा रहेका यात्रु र चालक दलका सबै ३७९ जनालाई बाहिर निकालिएको जनाएको छ । उक्त विमान उत्तरी जापानको होक्काइडोबाट उडेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
