Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना


  • बुधबार, मंसिर २० २०८०

  • गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। उनी नियमित उपचारका लागि मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।

    मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।

    साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij