काठमाडौं – रुकुमको चौरजहारी नगरपालिका सोती गाँउमा भएको हत्या काण्डाका दोषीलाई जन्मकैदको फैसला भएको छ । अन्तरजातिय प्रेम सम्बन्धका कारण कथीत उपल्लो जातिकाले नवराज विक सहित ६ जनाको हत्या गरेका थिए । सजाय पाउँनेमा वडा अध्यक्ष सहित २४ जना छन ।
जन्मकैद सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी परिवर्तित नाम ५४, ३६ (१) र (३) सहित तीनजनालाई पनि जन्मकैदको सजाय भएको छ।
नवराज सहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
