Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रास्वपाको राजनितिक लाईन : ‘बहुलवादी लोकतान्त्रिक’


  • बुधबार, मंसिर १३ २०८०

  • रास्वपाको राजनितिक लाईन : ‘बहुलवादी लोकतान्त्रिक’

    काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनितिक लाईन पास गरेको छ । मधेश प्रदेशको महोत्तरीमा बसेको केन्द्रीय समिति बैठकले केहि पदाधिकारी थप्दै राजनितिक लाइन पास गरेको हो । रास्वपाले ‘बहुलवादी लोकतान्त्रिक’ आफ्नो राजनितिक मार्ग हुने गरी राजनितिक लाईन पारित गरेको हो ।
    रास्वपाले उदार अर्थतन्त्र अंगाल्ने लोकतान्त्रीक पार्टीको रुपमा आफुलाई उभ्याएको छ । रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जबाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु आफ्नो उदेश्य रहेको दस्तावेजमा उल्लेख गरेको छ ।
    रास्वपाले पार्टी पदाधिकारी थप्दै जिम्बेवारी तोकेको छ । केही नयाँ केन्द्रीय सदस्य थपिएका छन ।
    यस्तो छ रास्वपा सचिवालय :
    १. सभापति – रवि लामिछाने
    २. उपसभापति – डीपी अर्याल
    ३. उपसभापति – डा. स्वर्णिम वाग्ले
    ४. महामन्त्री – डा. मुकुल ढकाल
    ५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
    ६. सहमहामन्त्री – सुमना श्रेष्ठ
    ७. सहमहामन्त्री – विपिन आचार्य
    ८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
    ९. प्रमुख सचेतक – सन्तोष परियार
    १०. कोषाध्यक्ष – लिमा अधिकारी
    ११. सहकोषाध्यक्ष – बसु माया तामाङ
    १२. सहकोषाध्यक्ष – दीपक बोहोरा
    अनिल केशरी शाह, राजन गाैतम, नन्दन यादव, पुकार बम र कामिनी चाैधरी केन्द्रीय सदस्य थपिएका छन् ।
    रवि लामिछाने नेतृत्वको रास्वपा छोटो समयमै राष्ट्रिय राजनितिको महत्वपूर्ण शक्तिको रूपमा उदाएको दल हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij