काठमाडौं – सरकारले माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने भएको छ । बुधवार बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।
आगामी फागुन २० गते राष्ट्रिय सभामा २० जना सांसदको पद रिक्त हुँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
