Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित


  • आइतबार, मंसिर १८ २०७९

  • स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

    स्याङ्जा – स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij