काठमाडौं – मुस्ताङका सबै निर्वाचन क्षेत्र नेपाली कांग्रेसले जितेको छ। एक प्रतिनिधि सभा र दुइ वटा प्रदेश सभा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधि सभामा योगेश गौचन थकाली ३९९३ मत ल्याएर विजयी भए। उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन्। तुलाचनले ३०७८ मत ल्याएका थिए।
प्रदेश सभा क्षेत्र (क) मा कांग्रेसकै नम्डु गुरूङ विजयी भएका छन्। नम्डुले १०४८ मत ल्याए भने एमालेका उम्मेदवार इन्द्रधारा विष्टले ७९३ मत ल्याएका छन्।
प्रदेश सभा क्षेत्र (ख) मा कांग्रेसका बिकल शेरचन विजयी भएका छन्। उनले २ हजार ७ सय २३ मत ल्याए भने एमालेका उम्मेदवार चन्द्रमोहन गौचनले २ हजार पाँच सय ६५ मत ल्याएका थिए।
एमालेबाट उम्मेदवार बनेका तीनै जना निवर्तमान सांसद हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
