Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदीप, श्याम र भैरब सहमतिका उम्मेदवार हुन, जिताउँनु पर्छ : आचार्य


  • बिहिबार, मंसिर १ २०७९

  • प्रदीप, श्याम र भैरब सहमतिका उम्मेदवार हुन, जिताउँनु पर्छ : आचार्य

    काठमाडौं – नेपाली कांग्रेसका नेता नरहरी आचार्यले कांग्रेसले सबैलाई समेटेर अघि बढ्न सक्ने भएकाले आगामी निर्वाचनमा विजयी गराउनु आवश्यक रहेको बताएका छन । उनले कांग्रेससंग समन्वय गर्ने क्षमता भएकैले गठवन्धन निर्माण भएको बताए । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ ले नारायण गोपाल चोकमा आयोजना गरेको चुनावी सभामा बोल्दै आचार्यले कांग्रेस प्रति भरोसा भएकैले अहिले सम्मका सबै निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको बताए ।

    उनले क्षेत्र नं . ५ मा कांग्रेसले प्रदीप पौडेल श्यामबहादुर खड्का र भैरब सापकोटा जस्ता सक्षम उम्मेदवार खडा गरेकाले जिताउँन अपिल गरे । उनले पौडेल खड्का र सापकोटा सबैको सहमतिका उम्मेदवार भएको उल्लेख गरे ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij