काठमाडौं – नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कार सम्बन्धी अभियोग दर्ता भएको छ । प्रहरीले अनुशन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाए पछि मुद्धा दायर गरिएको हो ।
नावालिका बलात्कार अभियोगमा उनलाई १० देखि १२ वर्ष कैदको फैसला माग गरिएको छ । मुलुकि अपराध संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
