Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुपन्देहीमा सय बढी युवा कांग्रेस प्रवेश


  • शनिबार, असोज २९ २०७९

  • रुपन्देहीमा सय बढी युवा कांग्रेस प्रवेश

    रुपन्देही, २९ असोज ।

    रुपन्देहीका बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकामा स्थायी रूपमा बसोबास गर्ने सय बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस रुपन्देही पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले युवा व्यवसायी हरि खत्री, सुसना बस्नेतसहितका सय बढी युवा सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु भएको हो ।

    कांग्रेसले महिला, मधेस, आदिबासी जनजाति दलित, मुश्लिमलगायतका लागि केन्द्र देखि वडासम्मका समितिमा विभिन्न पदमा सिट सुनिश्चित गरेकाले क्रियाशील भएर लाग्न आग्रह गर्नुभयो ।

    कांग्रेसले वंषीय र राजनीतिक निरंकुशता नमान्ने बताउँदै स्वतन्त्रता र समानतामा विश्वास गर्ने बताउनुभयो ।

    रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसबाट उम्मेदवार रहनुभएका खाणले यही गठबन्धनको आधारशीलामा वर्तमान सरकार बनेको र मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनलाई जिताएमा पुनः गठबन्धन सरकार बनाएर मुलुकमा स्थायित्व र समृद्धि ल्याउन लाग्ने बताउनु भयाे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij