Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि १८ जिल्लामा मतपत्र ढुवानी


  • शनिबार, असोज २९ २०७९

  • समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि १८ जिल्लामा मतपत्र ढुवानी

    काठमाडौं – मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । यसैगरी ७ वटै प्रदेशकालागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज (असोज २९ गते) सम्म १७ लाख मतपत्र छपाइ भएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ । हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij