Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा गिरावट


  • आइतबार, असार ८ २०८२

  • शेयर बजारमा गिरावट

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२. ९३ अकंले घटेर २५९५  बिन्दुमा आएको छ । केहि दिन यता २६ सय माथि नै घुमि रहेको परिसूचक आज २५सय तिर लागेको हो । आज ३१० कम्पनीको २ करोड १५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

    आज १३ वटै सूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ३.०५ प्रतिशत, हाइड्रोपावर समूहको २.६९ प्रतिशत, फाइनान्स समूहको १.१२ प्रतिशतले शेयर मूल्य घटेको हो । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै दोर्दी खोलाको कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij