काठमाडौं – रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
