काठमाडौं – उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । वेलका नगरपालिका – ७ गोबटारका एकै परिवारका सदस्यको हत्या भएको हो । ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र उनीहरुको छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो। एक युवाले खुकुरी प्रहार गरी तीन जनाको हत्या गरेको हो । हत्यारा लाई प्रहरी पक्राउ गरिसकेको छ ।
थप विवरण आउन बाँकी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
