काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रिय सदस्य मनोनयन गरेका छन । थपिएका केन्द्रीय सदस्यहरूमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् । मनोनयनमा परेका सबै महिला छन ।
निर्वाचन आयोगमा दल दर्ता गराउँन ३३ प्रतिशत महिला आवश्यक पर्ने भएकाले महिला मात्रै मनोनयन गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
