Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

३३५ किलो गाँजा बरामद


  • बिहिबार, साउन ५ २०७९

  • ३३५ किलो गाँजा बरामद

    मकवानपुर- मकवानपुरको भीमफेदीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भीमफेदी गाउँपालिका–२ गुम्बाडाँडास्थित सडकमा रोकिराखेको ना२ह ४४० नम्बरको अटोरिक्साबाट ३३५ किलो ३८१ ग्रा गाँजा बरामद गरिएको हो।
    प्रहरीका अनुसार अटोरिक्सा चालक फरार छन्। विशेष सूचनाका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोरिक्सा जाँच गर्दा १२ बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।

    फरार अटोरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij