Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्वेत–गंगा हाइड्रोपावरको आईपीओमा आवेदन खुला


  • बुधबार, साउन ४ २०७९

  • श्वेत–गंगा हाइड्रोपावरको आईपीओमा आवेदन खुला

    काठमाडौं / श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीले जारी पुँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको जानकारी दिएको छ ।

    त्यसमध्ये एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदन दिने समय यही साउन ८ गतेसम्म रहेको छ । उक्त समयसम्म मागबमोजिम आवेदन नपरेमा साउन १८ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

    आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरोसेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको २८ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजना निर्माणका लागि कुल खर्च ६ अर्ब ३७ करोड रुपैयाँ अनुमान गरिएको छ । प्रतिमेगावाट लागत २२ करोड ६७ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij