Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


  • शुक्रबार, असार ३१ २०७९

  • उपसभामुखमा  पुष्पा भुसाल निर्वाचित

    काठमाडौं – उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १४८ मत पाइन् ।

    उनकी प्रतिष्पर्धी नेकपा (एमाले)की विद्या भट्टराईले ९३ मत पाइन् । आजको बैठकमा २४२ सांसद उपस्थित भएका थिए । एक सांसद भने तटस्थ रहे ।

    भुसाललाई सत्तारूढ दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । त्यस्तै प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीले पनि उनलाई सघाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij