काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।
ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
