Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब “टोखाको चाकु” को ब्राण्डिङ गरिने


  • शनिबार, असार ११ २०७९

  • अब “टोखाको चाकु” को ब्राण्डिङ गरिने

    काठमाडौं – काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख सात हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
    ‘ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर’ निर्माणका लागि टोखाले आगामी वर्ष २०७९-८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि शुक्रबार ११औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई क्रमागतरुपमा निरन्तरता दिने जानकारी दिए ।

    नगरको मुख्य पहिचान रहेको चाकुलाई ब्राण्डिङ गर्ने भएको । टोखाले नीति तथा कार्यक्रममा नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चाकुको ब्राण्डिङ गर्ने उल्लेख छ । त्यसैगरी ऐला र छ्याङलाई पनि ब्राण्डिङ गर्ने पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    टोखाले आव  भित्र कार्यालय भवन निर्माण सम्पन्न गरी नगरपालिकाको भवनबाटै सेवा प्रवाहकोे व्यवस्था मिलाउने, एक वडा एक उद्यान नीतिलाई निरन्तरता दिने, एक वडा एक विपद् सुरक्षितस्थल गरी आवश्यक पूर्वाधार विकास गर्ने बताएको छ ।

    नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य ठाउँमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने बताएको छ । यस्तै नगरपालिका र वडा कार्यालय परिसरमा फ्रि वाइफाइको व्यवस्था गर्ने, राजस्व तिर्ने व्यवस्थालाई अनलाइन प्रणालीमा लैजाने, नगरपालिकाका हरेक कामलाई विद्युतीय माध्यमबाट गर्ने, चौमासिकरुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने, वित्तीय सुशासन कायम राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक, मठमन्दिर, विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घरलाई संरक्षण गर्ने, मेयर दिर्घायु कार्यक्रमलाई निरन्तरता दिने, उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन,  त्यसैगरी सामुदायिक विद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    बौडेश्वर एकिकृत विकासको बाँकी काम सम्पन्न गर्ने भएको छ । साथै टोखा भित्र बनभोजस्थल, साइकिलङ मार्ग, होमस्टे, फनपार्क लगायतका पुर्वाधार निर्माण गर्ने भएको छ । नगरभित्रका घरपरिवारहरुलाई कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि डष्टविन वितरण गर्ने भएको छ । निति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।

    नीति तथा कार्यक्रमका आधारमा टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा बजेट सार्वजनिक गर्ने उपप्रमुख मुरारी तामाङले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij