Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

असार १५ गतेदेखि हिमालयन हाइड्रोपावरको आईपीओ बिक्रीमा आउने


  • मंगलबार, असार ७ २०७९

  • असार १५ गतेदेखि हिमालयन हाइड्रोपावरको आईपीओ  बिक्रीमा आउने

    काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले असार २५ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार बराबरको १९ लाख ६८ हजार २५० हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।

    सर्वसाधारणमा निष्काशन हुन लागेको कुल १९ लाख ६८ हजार २५० कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी १८ लाख ३० कित्ता शेयर मात्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।

    यो आइपीओ खरीदकालागि छिटोमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २९गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । तर पछिल्लो समय सर्वसाधारणका लागि आईपीओ जारी हुँदा परेको आवेदको प्रबृत्ति हेर्दा कम्पनीको आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ ।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयर एप र सफ्टवेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

    कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij