Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आदर्श लघुवित्तको आईपीओ बिक्री खुला


  • बुधबार, असार १ २०७९

  • आदर्श लघुवित्तको आईपीओ बिक्री खुला

    काठमाडौं – आदर्श लघुवित्तले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

    लघुवित्तले निष्काशन गरेको साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयरका लागि पनि सर्वसाधारणसँग आवेदन माग गरेको हो ।

    आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij