काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । एक समारोहका बीच करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ सेमिनार सम्पन्न भएको हो ।
बागमती प्रदेश प्रमुख शुशिल चापागाईँको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ्गको अतिथ्य रहेको थियो । उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरुको उत्साह जनक सहभगिता रहेको थियो ।
कार्यक्रममा २०२३ का एमडीआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफनो व्यक्तिगतकोडमा अधिकतम बिमाशुल्क हाँसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।
विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
