Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रोहिणी बस दुर्घटना : मृतक ९ जनाकै सनाखत


  • सोमबार, जेष्ठ २३ २०७९

  • रोहिणी बस दुर्घटना : मृतक ९ जनाकै सनाखत

    बुटवल – रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ ।
    जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो ।
    रुपन्देही प्रहरीका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।
    त्यस्तै बुटवल उपमहानगरपालिका– ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ ।
    घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्जार्ज भएका छन् । घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम रहेको छ । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij